प्रिमियर इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

शुक्रबार, २५ असार २०७८, ११ : १८

काठमाडौं, प्रिमियर इन्स्योरेन्स कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज (शुक्रवार) अन्तिम दिन  रहेको छ । कम्पनीले ५ लाख ४८ हजार २५ कित्ता संस्थापक शेयर असार १६ गतेदेखि लिलामीमा ल्याएको हो । 

शेयरको न्यूनतम मूल्य प्रतिकित्ता रू। ६०० तोकिएको हुँदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनी सहित अन्य व्याक्ति, कम्पनी तथा संघ संस्थाले पनि आवेदन दिन सक्नेछन् । 

आवेदकले न्यूनतम ५०० कित्ताका लागि आवेदन दिन सक्नेछन् भने अधिकतम सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले विक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल बबरमहल काठमाडौंमा आउने गरी बोलपत्र पेश गनुपर्ने हुन्छ ।

शुक्रबार, २५ असार २०७८, ११ : १८

प्रतिक्रिया