कर्पोरेट डेभलपमेन्ट बैंकको साधारण सभा आज, लगानीकर्ताको हात भने खाली

शुक्रबार, २५ असार २०७८, ११ : २२

काठमाडौं, कर्पोरेट डेभलपमेन्ट बैंकको आज शुक्रबार ७ः३५ बजेबाट साधारण सभा सुरु भएको छ । सभा बैंकको प्रधान कार्यालय वीरगञ्ज, पर्सामा सभा भएको हो ।  सभामा बैंकले आफ्नो कार्यक्षेत्र बारा, रौतहट, सर्लाही र मोहोत्तरी थप गर्ने एजेन्डा पेश गर्दैछ । यस्तै, हाल कायम कार्यक्षेत्र मध्येबाट अर्को प्रदेशमा परेका जिल्लाहरु (मकवानपुर र काभ्रे) लाई हटाउने प्रस्ताव पनि छ ।
 
बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । बैंकले लाभांश प्रस्ताव भने गरेको छैन । सभामा २०७६/७६ को वार्षिक प्रतिवेदनमा छलफल, नाफा नोक्सानको हिसाब गरी पारित गर्ने लगायतका एजेन्डा रहेका छन् । यस्तै, लेखापरीक्षक नियुक्त गरी निजको पारिश्रमिक तोक्ने एजेन्डा पनि छ ।
 
यसैगरी, कर्पोरेटसँग उपयुक्त संस्था गाभ्ने, गाभिने सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव पनि अघि सार्नेछ । सभा प्रयोजनका लागि बैंकले असार ४ गते बुक क्लोज गरेको छ । 

शुक्रबार, २५ असार २०७८, ११ : २२

प्रतिक्रिया