काठमाडौं,जीवन विकास लघुवित्त वित्तीय संस्थाले पहिलो कारोबारको लागि रू. ३०५ देखि ९१५.८१ ओपन रेञ्ज पाउने देखिएको छ ।
कम्पनीको आव २०७६र ७७ को वास्तविक प्रतिशेयर नेटवर्थ रू. ३०५.२७ रहेको छ । नेप्सेले
कम्पनीले बुधवार आईपीओ बाँडफाँड भएको हो । उक्त बाँडफाँडमा गोलाप्रथाबाट २० लाख १८ हजार ३०१ जना योग्य आवेदकमध्ये भाग्यमानी १ लाख ८४ हजार ८०१ जनाले १० कित्ता शेयर पाएका छन् ।
१ लाख ८४ हजार ८०१ आवेदकमध्ये पाँच जनाले आवेदकले ११ कित्ताका दरले शेयर पाएको विक्री प्रबन्धकले जानकारी दिएको हो । कम्पनीले असार ११ गते देखि १५ गतेसम्म १९ लाख ७७ हजार ३०० कित्ता आईपीओ निष्कासन गरेको थियो ।
जसमध्ये ३० हजार ४२० कित्ता कर्मचारीको लागि, ९८ हजार ८६५ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको र बाँकी रहेको १८ लाख ४८ हजार १५ कित्ता सर्वसाधारणको लागि निष्कासन गरिएको हो ।
प्रतिक्रिया