काठमाडौं, मानुषी लघुवित्त वित्तीय संस्थाले ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ ।
कम्पनीले आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिई सकेको छ । कम्पनीले आईपीओ निष्कासन गर्न विक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेडलाई नियुक्त गरिसकेको छ ।
नियामक निकाय नेपाल धितोपत्र बोर्डबाट स्वीकृती पाएपछि मात्र कम्पनीले आईपीओ निष्कासन गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी रू. ७ करोड रहेको छ । आईपीओ निष्कासन पछि कम्पनीको चुक्तापूँजी रू.१० करोड ९३ लाख ७५ हजार पुग्नेछ ।
कम्पनीको नाफा गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा १२६ प्रतिशतले वृद्धि भएको छ ।गत आवमा रू। ५२ लाख ७९ हजार नाफा कमाएको उक्त कम्पनीले चालू आवको सोही अवधिमा वृद्धि गरेर रू। १ करोड १९ लाख ६४ हजार नाफा पुर्याएको छ ।
प्रतिक्रिया