१ अर्बको पाँचौ  सामुहिक लगानी कोष इकाई निष्काशन गर्दै एनआईसी एशिया क्यापिटल

शुक्रबार, २५ असार २०७८, १२ : ५८

काठमाडौं, एनआईसी एशिया क्यापिटलले केही दिन अघि मात्र चौथो सामुहिक लगानी कोषका इकाई निष्काशन सकेर फेरी पाँचौ योजना अघि बढाएको छ । क्यापिटलले एनआईसी एशिया फ्लेक्सी क्याप फण्ड निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हो ।

क्यापिटलले बन्दमूखी योजना सञ्चालनका लागि एक अर्ब रुपैंया बराबरका १० करोड इकाई निष्काशनका लागि धितोपत्र बोर्डसँग अनुमति मागेको हो ।

इकाई निष्काशनबाट जुट्ने सबै रकम शेयर बजारमा सूचीकृत सबै कम्पनीहरुमा लगानी गर्न सकिने प्रावधान राखिएको क्यापिटलले जनाएको छ । 

यस अघि क्यापिटलले १ अर्ब रुपैंया बराबरको एनआईसी एशिया सेलेक्ट ३० इण्डेक्स फण्डका १० करोड इकाई निष्काशन गरेको थियो । निष्काशन गरेकोभन्दा बढी इकाई माग भए पछि फण्डको आकार १ अर्ब २५ करोड रुपैंया कायम भएको थियो ।
 

शुक्रबार, २५ असार २०७८, १२ : ५८

प्रतिक्रिया