राधी विद्युतको साधारण सभा असार २९ गते, बोनस शेयर र हकप्रद सेयर प्रस्ताव कति ?

शुक्रबार, २५ असार २०७८, १३ : २५

काठमाडौं,  राधी विद्युत कम्पनीको असार २९ गते वार्षिक साधारण सभा हुने भएको छ । 

सभामा ३६.५ प्रतिशत बोनस सेयर वितरण गर्ने मुख्य प्रस्ताव पेश गर्दैछ । 

राधीले बोनसमा लाग्ने कर तिर्न नगद लाभांश भने प्रस्ताव गरेको छैन । सेयरधनी आफैंले बोनसमा लाख्ने कर जम्मा गर्नुपर्ने हुन्छ । बोनस वितरणपछि कायम हुने चुक्ता पुँजीमा १४७.५२ प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । प्रस्तावित ३६.५० प्रतिशत बोनस सेयर वितरण भएपछि राधीको चुक्ता पुँजी ६४ करोड ६४ लाख ४ हजार ६२२ रुपैयाँ पुग्नेछ ।
 
सोही पुँजीमा १४७.५२ प्रतिशत (१ः१।४७५ अनुपातमा) हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरिएको हो । कम्पनीले साधारण सभा गर्न असार १५ गतेदेखि बुक क्लोज गरेको । 

शुक्रबार, २५ असार २०७८, १३ : २५

प्रतिक्रिया