डिम्याट खाता नविकरणको शुल्क बुझाउन नेपाल एसबिआई बैंकको आग्रह

शुक्रबार, २५ असार २०७८, १३ : ३१

काठमाडौं - नेपाल एसबिआई बैंकले आफ्ना शेयरधनीहरुलाई डिम्याट खाता नविकरणको शुल्क बुझाउन आग्रह गरेको छ । बैंकले असार मसान्त भित्र वार्षिक नवीकरण शुल्क भुक्तानी गर्न अनुरोध गरेको हो ।

तोकिएको अवधिमा शुल्क भुक्तानी नगर्ने हितग्राहीहरुको डिम्याट खाता सिस्टमबाटै रोक्का हुने समेत जानकारी दिएको छ । तोकिएको समयमा वार्षिक शुल्क नबुझाएमा डिम्याट खाता रोक्का हुने भन्दै कम्पनीले समयमा नै शुल्क बुझाएर निर्वाध सेवा उपभोग गर्न आग्रह गरेको हो ।

नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्गको कार्यालय हात्तिसार र नेपाल एसबिआई बैंकका शाखा कार्यालयहरु मार्फत डिम्याट खाता खालेका सम्पूर्ण खाताधनीहरुलाई आर्थिक वर्ष २०७७।७८ सम्मको डिम्याट खाता सञ्चालन गरे वापत वार्षिक शुल्क प्रत्येक आवको १०० वार्षिक शुल्क बुझाउन आग्रह गरेको छ ।

शुक्रबार, २५ असार २०७८, १३ : ३१

प्रतिक्रिया