सगरमाथा इन्सुरेन्सको साधारण सभा असार ३० गते, बोनस प्रस्ताव कति ?

शुक्रबार, २५ असार २०७८, १३ : ४९

काठमाडौं, सगरमाथा इन्सुरेन्सले असार ३० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा सगरमाथाको प्रधान कार्यालय नक्साल, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

कम्पनीले ११  प्रतिशत बोनस सेयर र कर तिर्न ०.५७८९  प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पेश गर्ने भएको छ । यस्तै, आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा पनि छ । सगरमाथाले हाल कायम १ अर्ब १२ लाख २२ हजार ९०० रुपैयाँ चुक्ता पुँजीमा बोनस सेयर प्रस्ताव गरेको हो । 
 
प्रस्तावित बोनस सेयर वितरणपछि पुँजी १ अर्ब ११ करोड १३ लाख ५७ हजार ४१९ रुपैयाँ पुग्नेछ ।  साधारण सभा प्रयोजनका लागि असार १७ गतेबाट बुक क्लोज गरिएको छ । असार १६ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

शुक्रबार, २५ असार २०७८, १३ : ४९

प्रतिक्रिया