युनियन हाइड्रोपावरको साधारण सभा सम्पन्न,  ६ सञ्चालक निर्वाचित

शुक्रबार, २५ असार २०७८, १४ : ४९

काठमाडौं - युनियन हाइड्रोपावर कम्पनी लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ  । कम्पनीको १३औँ र १४औँ साधारण सभा आज ललितपुरको धोबीघाटस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो ।

सभाले, हकप्रद सेयर निष्कासनको प्रस्ताव पारित  गर्नुका साथै, २०७५/७६ र ०७६/७७ को दुवै आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु सहित माथि छलफल गरेको गरि पारित गरेको छ  ।

सभाले सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक समूहबाट ३ जना र सर्वसाधारण समूहबाट १ महिलासहित ३ जना गरी कुल ६ जना सञ्चालकको निर्वाचन गरेको छ ।

शुक्रबार, २५ असार २०७८, १४ : ४९

प्रतिक्रिया