सिटिजन्स बैंक र सिर्जना फाइनान्सको एकिकृत कारोबार आजबाट सुरु

शनिबार, २६ असार २०७८, ०९ : ५७

काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिर्जना फाइनान्स कम्पनी लिमिटेडले आजदेखि एकीकृत कारोबार सुरू गरेका छन् ।

नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३’ बमोजिम मर्जर प्रक्रिया सम्पन्न गर्न दुवै कम्पनीलाई असार १५ गते अन्तिम स्वीकृती प्रदान गरेको थियो । दुवै कम्पनीको जेठ २७ गते सम्पन्न भएको विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । 

कम्पनी रजिष्ट्रार कार्यालयले पनि असार १७ गते स्वीकृती प्रदान गरेको थियो । बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति सम्बन्धि विनियमावली २०७३ बमोजिम सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिर्जना फाइनान्स कम्पनी लिमिटेडलाई प्राप्ति गर्ने सम्बन्धमा जेठ १० अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

शनिबार, २६ असार २०७८, ०९ : ५७

प्रतिक्रिया