१ लाख २९ हजार नगदसहित ६ जुवाडे पक्राउ

आइतबार, २७ असार २०७८, १७ : २०

काठमाडौं, नुवाकोटको बिदुर नगरपालिका८ राईसिंहबाट तास खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  

प्रहरीले शनिबार तासमा मस्त उनीहरुलाई नुवाकोट प्रहरीले दुर्गा अधिकारीको घरबाट पक्राउ गरेको हो ।

तास खेलिरहेको भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले नगद १ लाख २९ हजार ७ सय ६५ रुपैयाँसहित उनीहरुलाई खालबाटै पक्रिएको हो ।

आइतबार, २७ असार २०७८, १७ : २०

प्रतिक्रिया