जसपाको महन्थ ठाकुर पक्ष सरकारमा जाने, भागमा दुई मन्त्रालय

बुधबार, ०६ साउन २०७८, १३ : ५४

काठमाडौं - जनता समाजवादी पार्टी ९जसपा० को महन्थ ठाकुर पक्ष सरकारमा सहभागी हुने भएको छ । जसपाको महन्थ ठाकुर पक्षले दुई वटा मन्त्रालय लिएर सरकारमा सहभागी हुने भएको हो ।

अध्यक्ष महन्थ ठाकुर र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भएको भेटवार्तामा दुई वटा मन्त्रालय लिएर सरकारमा जाने सहमति भएको छ । आज बिहान अध्यक्ष ठाकुर र प्रधानमन्त्री देउवाबीच बालुवाटारमा भेटवार्ता भएको थियो ।

साउन ३ गते प्रतिनिधिसभामा विश्वासको मत लिएका प्रधानमन्त्री देउवालाई जसपाको ठाकुर पक्षले पनि विश्वासको मत दिएको थियो ।

बुधबार, ०६ साउन २०७८, १३ : ५४

प्रतिक्रिया