जसपाको दुवै पक्षको बहस टुंग्याउने तयारी, बहुमत र अल्पमत हेरेर निर्णय लिने

२ बर्ष अगाडि

काठमाडौं - जनता समाजवादी पार्टी नेपालको आधिकारिकता विवाद निरुपण गर्न निर्वाचन आयोगको इजलास बिहीबार बस्दैछ । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाको नेतृत्वमा गठन गरिएको पाँच सदस्यीय इजलासले बिहीबार दुवै पक्षको बहस टुंग्याउने तयारी गरेको छ ।

जसपाको केन्द्रीय कार्य समितिको बहुमत, अल्पमत हेरेर निर्णय लिने आयोगको तयारी छ । राजनीतिक दलसम्बन्धी ऐनमा रहेको लिखित जवाफ र प्रमाणको आधारमा कुनै पक्षलाई मान्यता दिने अवस्था नरहे केन्द्रीय समितिमा बहुमत रहेको पक्षलाई दलको आधिकारिकता दिने प्रावधान अनुसार निर्णय गर्ने आयोगको तयारी छ ।

इजलासले गत आइतबारदेखि जसपा विवादबारे सुनुवाइ शुरु गरेको हो । इजलासमा आयुक्तहरू ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर र सगुनशमशेर जबरा सदस्य छन् । आयोगले कानुनी प्रक्रियामार्फत विवाद निरुपणका लागि इजलास गठन गरेको हो ।

२ बर्ष अगाडि

प्रतिक्रिया