कोरोनाविरुद्धको खोप र भाडा समायोजन माग गर्दै यातायात व्यवसायीद्धारा विरोध र्‍याली

२ बर्ष अगाडि

काठमाडौं - यातायात व्यवसायीले काठमाडौं उपत्यकामा र्‍याली निकालेका छन् । कोरोनाविरुद्धको खोप र भाडा समायोजन लगायतका माग गर्दै गाडीसहित उनीहरुले विरोध र्‍याली निकालेका हुन् ।

इन्धनको भाउ बढे पनि गाडी भाडा समायोजन नगरेको उनीहरुको गुनासो छ । यस्तै, कोरोनाको जोखिमका कारण भएको निषेधाज्ञाले समस्यामा परेका व्यवसायीलाई सरकारले राहतको व्यवस्था नगरेको उनीहरुले बताएका छन् । 

उनीहरुले गाडीको बिमा छुट, नवीकरण र जरिवाना छुट तथा कोरोना विरुद्धको खोप दिनु पर्ने लगायतका माग राखेका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया