नेपाली कांग्रेस पौडेल पक्षको बैठक बस्दै, यी कुरामा हुदैछ छलफल

आइतबार, १० साउन २०७८, ११ : २५

काठमाडौं - नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक आज बस्ने भएको छ । 

महामन्त्री शशांक कोइरालाको निवासमा मध्यान्ह १२ बजेपछि बैठक बस्ने एक नेताले बताए । बैठकमा १४औं महाधिवेशन तयारी र क्रियाशील सदस्यतामा देखिएका विवादबारे छलफल हुने केसीले बताए । 

साउन १२ का लागि तोकिएको वडा अधिवेशन स्थगित भएपछि अब कहिले गर्ने, मंगलबार क्रियाशील सदस्यता छानवीन समितिले बुझाउन लागेको प्रतिवेदनबारे पनि बैठकमा छलफल हुनेछ ।

आइतबार, १० साउन २०७८, ११ : २५

प्रतिक्रिया