पहिरो गएपछि बुढीगंगा नदी थुनियो

बुधबार, १३ साउन २०७८, १५ : ५०

पहिरो गएपछि बुढीगंगा नदी थुनिएको छ । बाजुराको गौमुल गाउँपालिकामा पहिरो जाँदा बुढीगंगा नदी थुनिएको हो  ।

१ सातादेखि परिरहेका पानीले बुढीगंगामा वहाव बढेको हो।सोही ठाउँमा तुसारी गाडका २ वटा झलुंगे पुल बगाएको छ ।

जल तथा मौसम विज्ञान विभागले नदि थुनिएको पुष्टि गर्दै सतर्क रहन आग्रह गरेको छ  । विभागले भनेको छ ुगौमुल गा.पा. बाजुरामा बुढीगंगा नदीमा पहिरो गई नदी थुनिन गएकाले तटीय क्षेत्रहरूमा साँझ सम्मै उच्च सतर्कता अपनाऔँ।ु

यस बारे एसएमएस अलर्ट पनि पठाईसकिएको विभागले जनाएको छ । 

बुधबार, १३ साउन २०७८, १५ : ५०

प्रतिक्रिया