नेपाल, नेम्वाङ र पौडेल वार्ता गर्दै, १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदबारे एकता प्रस्तावमा छलफल गर्ने

२ बर्ष अगाडि

काठमाडौं - एमाले विवादमा सहमति जुटाउने प्रयासस्वरुप वरिष्ठ नेता माधवकुमार नेपालसँग अध्यक्ष ओली पक्षीय नेता सुवास नेम्वाङ र विष्णु पौडेलले भेटवार्ता गर्ने भएका छन् । 

भेटवार्तामा नेम्वाङ र पौडेलले यसअघि गठित १० सदस्यीय कार्यदलले तयार पारेको १० बुँदे एकता प्रस्तावका बारेमा नेता नेपालसँग छलफल गर्ने बुझिएको छ । नेता नेपालले कार्यदलको प्रस्ताव एमाले एकताका लागि पुर्ण नभएकाले त्यसलाई संशोधन गर्नुपर्ने बताउँदै आएका छन् । 

सोही अनुसार नेता नेपालले अध्यक्ष ओली पक्षबाट कार्यदलमा समेत रहेका नेताद्वयसँग छलफल गर्न लागेका हुन् । सबीचमा ओली पक्षले नेता नेपाललाई दोस्रो अध्यक्ष बनाएर जान सकिने बताएपछि नेपालले आफुलाई दोस्रो अध्यक्ष नचाहिने बरु सम्मानजनक एकताको सुनिश्चित ओलीबाट हुनुपर्ने अडान राखेका छन् । 

त्यसका लागि नेपालले खासगरी तीनवटा विकल्प अघि सारेको बताइएको छ । कार्यदलको प्रस्ताव सार्वजनिक भएसँगै ओली र नेपालबीच आरोप प्रत्यारोप जारी छ । अध्यक्ष ओलीले  माधव नेपाल पक्षलाई पार्टीमा फर्किए ‘आममाफी’ दिनसक्ने बताएका थिए भने जवाफमा नेपालले ओलीलाई ‘श्री ५ महाराजधिराज’को संज्ञा दिएका थिए । 

२ बर्ष अगाडि

प्रतिक्रिया