सात वर्षीया बालिकामाथि बलात्कार, पक्राउ परे ७७ वर्षीय वृद्ध

विहीबार, १४ साउन २०७८, १७ : ३२

धनकुटा- सात वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा ७७ वर्षीय वृद्ध पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाख्रीबास नगरपालिका ३ बस्ने ७७ वर्षीय धन बहादुर विश्वकर्मालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको हो ।

ती बालिकालाई धन बहादुरले जबरजस्ती करणी गरेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पाख्रीबासबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ । 

विहीबार, १४ साउन २०७८, १७ : ३२

प्रतिक्रिया