ललितपुर महानगरमा ४५ वर्ष माथिकालाई आजबाट कोरोना खोपको पहिलो मात्रा दिइदै, जोनसोन एण्ड जोनसोन खोप साउन १८ बाट

२ बर्ष अगाडि

काठमाडौ – ललितपुर महानगरपालिले आजदेखि कोरोना विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम सुरु गर्दै छ ।

महानगरले सूचना जारी गर्दै ४५ वर्ष र सोभन्दा माथिका व्यक्तिलाई लक्षित गरी खोप अभियान सञ्चालन गर्ने जनाएको छ । खोप कार्यक्रम साउन १५, १६ र १७ गते महानगरपालिकाका २९ वडाहरुमा सञ्चालन हुने सूचनामा उल्लेख गरिएको छ । 

साथै, महानगरले  साउन १८ गते जोनसोन एण्ड जोनसोन खोप कार्यक्रम पनि सञ्चालन गर्ने बताएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया