नेपालले आज पौडेलसँग भेटघाट गर्दै, समाधान होला त एमाले विवाद ?

२ बर्ष अगाडि

काठमाडौं - नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आज विष्णु पौडेलसँग भेटघाट गर्दैछन् । भेटमा पछिल्लो समय पार्टीमा देखिएको विवाद समाधान गर्ने र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गर्ने विषयमा छलफल गर्ने जनाइएको छ । 

यसअघि बिहीबार पौडेलले एमाले नेता सुवास नेम्वाङसँग भेट गरेका थिए । बिहीबार दिउँसो भएको डेढ घन्टा भेटघाटमा आफूले नेपालसँग पार्टी एकताबारे कुरा गरेको बताइएको छ । स्रोतका अनुसार नेपाललाई ओलीसँग भेट्न नेम्बाङले अनुरोध गरेको बताइएको छ । 

यही सिलसिलामा नेपाल र पौडेलबीच आज भेटघाट हुने भएको हो । केही दिनयता अस्वस्थ भएर घरमै आराम गरिरहेका पौडेल र नेपालबीच आज हुने भेटमा पनि पौडेलले नेपाललाई ओलीसँग भेटका लागि अनुरोध गर्ने उनी निकट एक नेताले बताए ।

यसअघि अहिले जारी भएको विवाद समाधान गर्न अध्यक्ष ओलीले शनिबारसम्मको अल्टिमेटम दिएका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया