गायक अमात्यद्वारा विद्यालयलाई टेलिस्कोप  प्रदान

२ बर्ष अगाडि

गायक योगेश्वर अमात्यले छाउनीस्थित पञ्चकन्या माध्यमिक विद्यालयलाई टेलिस्कोप  प्रदान गरेकाछन् । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई खगोल तथा अन्तरिक्ष विज्ञानमा थप रुचि उजागर गर्न सो सामग्री वितरण गरिएको हो । 

नेपाल एष्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले सो  विद्यालयका प्रधानाध्यापक रुपा मानन्धरलाई विहीबार सो उपकरण हस्तान्तरण गर्दै विद्यालय प्रशासन एवं विद्यार्थीलाई निरन्तर सहयोग रहने बताउए। सामुदायिक विद्यालयलाई विभिन्न दाताको सहयोग जुटाई निःशुल्क टेलिस्कोप दिने अभियानलाई निरन्तरता दिइने सोसाइटीले जनाएको छ ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया