ओली समूह खीर खादैँ, नेपाल पक्षलाई बोलाइएन

२ बर्ष अगाडि

नेकपा एमालेको केपी ओली समूहले आज पार्टी कार्यालय थापाथलीमा खीर खाने कार्यक्रम राखेको छ । 

साउन १५ गतेको अवसर पारेर राखिएको खीर खाने कार्यक्रममा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल समूहलाई भने निम्ता गरिएको छैन । 

एमालेको कार्यालय सचिव शेरबहादुर तामाङले पार्टीका सबै नेताहरुलाई खीर खान निम्तो गरेको बताएपनि नेपाल पक्षले भने अहिलेसम्म निम्तो नआएको जनाएको छ । 

एमालेको नेपाल पक्ष नेता रघुजी पन्तले अहिलेसम्म यसबारे कुनै जानकारी नभएको र निम्तो पनि नआएको बताए । 
उनले आफू घरमा आराम गरेर बसिरहेको र पार्टी कार्यालयमा के हुँदैछ त्यसबारे अनभिज्ञ रहेको बताए । 
नेपाल समूहका कुनैपनि नेता पार्टी कार्यालयमा खीर खाने कार्यक्रममा सहभागी नहुने भएका छन् ।

प्रधानमन्त्रीबाट हटेपछि एमाले अध्यक्ष केपी ओली नियमित रुपमा पार्टी कार्यालय जान थालेका छन् भने पार्टी गतिविधिमा पनि सक्रियता जनाउन थालेका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया