देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आम जनताको अपेक्षा बढ्यो डिला संग्रौला

२ बर्ष अगाडि

काठमाडौं - नेपाली काँग्रेस सांसद डा. डिला संग्रौलाले महिला सुरक्षाका लागि उच्च प्राथमिकता दिन सरकारसँग माग गरेकी छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद संग्रौलाले कोभिडका कारण घरेलु हिंसा, महिला विरुद्ध हिंसाका घटनाहरु बढेका बताइन् । 

उनले भनिन् ,‘प्रहरीको तथ्यांकअनुसार पछिल्लो समय दिनमा औसत २२ महिला, किशोरी र बालिका हराउने गरेका छन् । तीमध्ये करिब १० जना भेटिन्छन् । आधाभन्दा बढीचाहिँ हराइरहेका छन्।  त्यसैले नयाँ सरकारलाई महिला सुरक्षाका लागि उच्च प्राथमिकता दिन पनि माग गर्दछु।’ 

संग्रौलाले शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन भएपछि आम जनताको अपेक्षा बढेको बताइन् ।
 

२ बर्ष अगाडि

प्रतिक्रिया