दैनिक ७ बालबालिका तथा महिला बलात्कृत, ११.९८ प्रतिशत १० वर्ष मूनिका बालिका

२ बर्ष अगाडि

काठमाडौं, नेपालमा आर्थिक वर्ष २०७७/७८मा कुल २ हजार ५३४ बलात्कारका घटना भएका छन्। एक वर्षमा बलात्कारका घटना १८.१९ प्रतिशतले वृद्धि भएको हो । 

नेपाल प्रहरीका अनुसार अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा  २ हजार १४४ बलात्कारका घटना भएका थिए । 

तथ्याङ्कअनुसार नेपालमा प्रत्येक दिन औषतमा ७ जना बालबालिका तथा महिला बलात्कृत हुने गरेका छन्। पीडित २ हजार ५५४ जनामध्ये ११.९८ प्रतिशत १०वर्ष मूनिका,५३.२४ प्रतिशत ११–१८वर्षका र १.४८ प्रतिशत ६० वर्षदेखि माथिका बालबालिका तथा महिला छन्।

२ बर्ष अगाडि

प्रतिक्रिया