मदन पुरस्कारका लागि ९ पुस्तक छनोट

२ बर्ष अगाडि

 २०७७ को मदन पुरस्कारका लागि ९ पुस्तक उत्कृष्ट सूचीमा छनोट भएका छन् । मदन पुरस्कार गुठीले आज मदन पुरस्कारका ९ पुस्तक सूची छनोट गरेको हो । 

 सुचिमा गिरी श्रीस मगरको एकलब्यको देब्रे हात, कृष्ण अविरलको करिया, कुमार नगरकोटीको कल्प ग्रन्थ, वैरवबहादुर थापाको नृत्याक्षर विज्ञान रहेका छन् । 

यसैगरी प्रभा बरालको फिलिङ्गो, लेखनाथ क्षेत्रीको फुलाङ्गे, केशव दाहालको मोक्षभूमि, जेशन कुँवरको रमिते र भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्ताबेज संग्रह मदन पुरस्कारका लागि उत्कृष्ट ९ पुस्तकको सूचीमा परेका छन् । 

मदन पुरस्कार गुठीका अनुसार २०७७ सालको पुरस्कारका लागि २२२ वटा पुस्तक प्राप्त भएका छन् । 

यी पुस्तकहरू मध्येबाट बढीमा १० पुस्तकहरूको श्रेष्ठ सूची तयार गर्न समिति गठन गरिएको थियो । समितिले गुठीलाई ९ पुस्तकको नाम उपलब्ध गराएको हो । 

अप्रकाशित सामग्रीहरूको बाहुल्य रहेका पुस्तकलाई छनौटको एउटा आधार बनाइएको गुठीको भनाइ छ । 

छनौटमा परेका ९ पुस्तकहरू मध्येबाट एक पुस्तकलाई २०७७ सालको मदन पुरस्कार प्रदान गरिने गुठीले विज्ञप्तिमार्फत जनाएको छ । 

२ बर्ष अगाडि

प्रतिक्रिया