दोस्रो दिन पनि युनियन लाइफमा खरिदकर्ताको चाप उस्तै, कति कित्ताको खरिदमाग ?

मंगलबार, १९ साउन २०७८, १४ : ५७

काठमाडौं, कारोबारको तेस्रो दिन मंगलबार पनि युनियन लाइफ इन्स्योरेन्सको शेयरमा खरिद कर्ताको ओइरो लागेको छ ।

करिब ३ बजेसम्म आइपुग्दाँ कम्पनीको १९ लाख ८ हजार ६५५ कित्ता शेयर खरिद माग भएको छ । बिक्रीकर्ता शून्य रहेका छन् । कम्पनीको ६ लाख ९७ हजार भन्दा बढी कित्ता शेयर रु ३९९ मा खरिदमाग भएको छ ।

यस्तै, सोही अवधीसम्म कम्पनीको शेयर ९.९८ प्रतिशतले बढेर प्रतिकित्ताको मुल्य ३९९ रुपैंया पुगेका छ ।

मंगलबार, १९ साउन २०७८, १४ : ५७

प्रतिक्रिया