कुलिङ पिरियड प्रकरण : यस्तो बन्यो छानबिन समिति

सोमबार, २३ असार २०८२, १५ : २०

काठमाडौं– ‘संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको चलखेलबारे छानबिन गर्न गठन गर्ने ७ सदस्यीय संसदीय विशेष छानबिन समितिको नाम टुंगिएको छ । 

नेपाली कांग्रेसबाट जीवन परियार र सुशील थिङ, नेकपा एमालेबाट ईश्वरी घर्ती, नारायण प्रसाद आचार्य, माओवादी केन्द्रबाट माधव सापकोटा, रास्वपाबाट गणेश पराजुली र राप्रपाबाट रोशन कार्की रहने टुंगो लागेको हो ।

सभामुख देवराज घिमिरेसहित विभिन्न दलका प्रमुख सचेतकहरूबिच शनिबार भएको बैठकमा विशेष समिति गठन गर्ने सहमति भएको थियो । सहमति अनुरूप आज प्रतिनिधिसभाबाट समिति घोषणा गरिनेछ । समितिलाई २१ दिनको समयावधि दिइएको छ ।  

 
सोमबार, २३ असार २०८२, १५ : २०

प्रतिक्रिया