बिपी र गिरिजाप्रसादको सपना साकार पार्न सुजाता कोइराला सभापतिमा लड्ने

२ बर्ष अगाडि

काठमाडौं - नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले आसन्न महाधिवेशनमा आफू नेपाली कांग्रेसको सभापतिमा लड्ने संकेत गरेकी छन् । 

महाधिवेशन निजिकिँदै जाँदा कांग्रेसमा सभापतिका आकांक्षीहरु बढ्दै गएका छन् । सोही समयमा नेतृ कोइरालले आफु सभापतिमा लड्ने संकेत गरेकी हुन् ।

बिपी र गिरिजाप्रसादको सपना साकार पार्न आफू नेतृत्वमा आउनु पर्ने उनले बताएकी छन् । कांग्रेससको नेतृत्व आफुले लिए पार्टीले गति लिने उनको दाबी गरेकी छन् ।

यतिबेला कांग्रेसभित्र सभापतिका आकांक्षीहरू पनि बढ्दै गएका छन् । बिमलेन्द्र निधि, डा शशांक कोइराला, प्रकाशमान सिंह र पछिल्लो समय गोपालमान श्रेष्ठले उम्मेदवारी दिने बताउँदै आएका छन् ।

२ बर्ष अगाडि

प्रतिक्रिया