आर्थिक पत्रकार समाजद्धारा 'आर्थिक पत्रकारिता– हाते किताब' सार्वजनिक

२ बर्ष अगाडि

काठमाडौं - नेपाल आर्थिक पत्रकार समाज ९सेजन० ले ‘ आर्थिक पत्रकारिता– हाते किताब’ सार्वजनिक गरेको छ ।

आर्थिक समाचार के हो रु र कसरी लेख्ने भन्नेबारेमा आर्थिक पत्रकारिता गर्न चाहने र गरिरहेका पत्रकारलाई उपयोगी हुने विश्वास गरिएको पुस्तक अर्थमन्त्री जनार्दन शर्माले बुधबार आयोजित कार्यक्रममा सार्वजनिक गरेका हुन् ।

पुस्तक सार्वजनिक गर्दै अर्थमन्त्री शर्माले अर्थतन्त्रको विषयमा चासो राख्ने सबैलाई पुस्तक उपयोगी हुने विश्वास व्यक्त गरेका छन् । उनले मुलुकको अर्थतन्त्रलाई सबल बनाउनका लागि सरोकार भएका सबै तह र तप्काको सार्थक सहयोग जरुरी रहेको बताए ।

पुस्तकमा आर्थिक पत्रकारिताको परिचय, समष्टिगत अर्थतन्त्रः राष्ट्रिय आय, मौद्रिक नीति र उसका उपकरण, पूँजी बजारः काम कसरी रु नियमन कसरी रु लगायत अर्थतन्त्रका विभिन्न १४ क्षेत्र समेटिएको छ ।

यस्तै, आर्थिक पत्रकारिता गर्ने पत्रकारको आचारसंहिता, आर्थिक पत्रकारिताका अङ्कको प्रयोगलगायतका विषय समावेश गरिएको छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया