भिजिट भिसामा ठगी धन्दा

अख्तियारले छापा हान्नु अगावै अध्यागमनबाट यी कर्मचारी गरिएका थिए सरुवा (सूचीसहित)

शुक्रबार, ०९ जेठ २०८२, १२ : ११

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिुभुवन विमानस्थलको अध्यागमन कार्यालयमा छापा हान्नु अगावै गृह मन्त्रालयले ९ कर्मचारीको सरुवा गरेको खुलेको छ । 

अख्तियारले बुधबार छापा हानेको थियो भने मंगलबार त्यहाँका अध्यागमन प्रमुख रहेका गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई सहित ९ जना कर्मचारीको सरुवा गरिएको पाइएको हो । 

गृह मन्त्रालयबाट प्राप्त सरुवा गरिएका कर्मचारीहरुको विवरण अनुसार अध्यागमन प्रमुख रहेका सहसचिव भट्टराईसहित नायब सुब्बा प्रेम प्रसाद पौडेल,विरभद्र जोशी लगायत रहेका छन् ।

सहसचिव भट्टराईलाई गृहमन्त्री रमेश लेखकको निर्णयबाट र अन्यलाई भने कर्मचारी प्रशासन महाशाखा प्रमुख रहेका सहसचिव छवि रिजालको निर्णयबाट सरुवा गरिएका हुन् ।

हेर्नुहोस् सूची

whatsapp-image-2025-05-23-at-10.45.49_C0Q0fUpAER
 

शुक्रबार, ०९ जेठ २०८२, १२ : ११

प्रतिक्रिया