श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न कार्यदल गठन

२ बर्ष अगाडि

काठमाडौं - श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न कार्यदल गठन गरिएको छ । सूचना विभागका महानिर्देशक गोगनबहादुर हमालका संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।

कार्यदलमा न्यूनतम पारिश्रमिक निर्धारण समितिका सदस्य गोपाल तिवारी, नेपाल पत्रकार महासङ्घको पूर्व महासचिव इन्द्रबहादुर ९उजिर० मगर, महासङ्घ र सञ्चार उद्यमी एशोसिएसनको तर्फबाट एक÷एक प्रतिनिधि सदस्यका रुपमा रहने छन् ।

समितिको बिहीबार सम्पन्न बैठकले श्रमजीवी पत्रकारको न्यूनतम पारिश्रमिक पुनरावलोकन गर्न समिति गठन गर्ने निर्णय गरिएको बताइएको छ । कार्यदलले श्रमजीवी पत्रकार ऐन २०५१ को पूर्ण कार्यान्वयन हुन नसक्नुको कारण विश्लेषणसहितको प्रतिवेदन समितिलाई एकमहिनाभित्र पेश गर्नेछ ।

२ बर्ष अगाडि

प्रतिक्रिया