असोज २० देखि डिभी लोटरी भर्न सकिने, के कसरी भर्ने ?

२ बर्ष अगाडि

काठमाडौं, अमेरिकी विदेश मन्त्रालयले डिभी खुल्ने मिती घोषणा गरेको छ । असोज २० बुधबार बेलुका पौने १० बजेदेखि डिभी लोटरी भर्न सकिनेछ । डिभी भर्दा एक भन्दा बढी आवेदन दिँदा स्वत रद्द हुने अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

डिभी २०२३ का विजेताहरुले सन् २०२३ को सेप्टेम्बर ३० सम्म भिसा प्राप्त गर्नसक्नेछन् भने नतिजा सन् २०२२ को मे महिनामा आउनेछ । विगतमा डिभी लोटरीमा सहभागी भएकाहरुले पनि यसपटक डिभी भर्न सक्नेछन् ।

यसपटक डिभी भर्नका लागि बंगालादेश, ब्राजिल, क्यानडा, चीन, कोलम्बिया, डोमेनिकन रिपब्लिक, एल साल्भाडोर, हैटी, होण्डुरस, इन्डिया, जमैका, मेक्सिको, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, साउथ कोरिया, यूके, भेनेजुएला र भियतनामका नागरिकहरुले भने पाउने छैनन् । 

डिभी भर्दा नाम, जन्ममिति, जन्मस्थान, पासपोर्ट विवरण, फोटो, ठेगाना, फोन नम्बर, इमेल लगायतका विवरणहरु बुझाउनुपर्छ । विगतमा प्रयोग भएको वा ६ महिनाभन्दा पुरानो फोटो डिभी भर्दा प्रयोग नगर्न सुझाव दिइएको छ । त्यस्तै डिभी भर्दा विवाहितले दम्पत्तिको सबै विवरण र बच्चाबच्ची हुनेहरुले उनीहरुको सम्पूर्ण विवरण उल्लेख गर्नुपर्छ ।

२ बर्ष अगाडि

प्रतिक्रिया