आजदेखि मौसममा सुधार, बाढी पहिरोबाट ८७ को मृत्यु हुँदा २८ बेपत्ता

२ बर्ष अगाडि

काठमाडौं - आजदेखि मौसममा सुधार आएको छ । देशका धेरै ठाउँमा आज घाम लागेको छ । मौसमविद् वरुण पौडेलका अनुसार गएराति देशका धेरै ठाउँको मौसम बद्ली भए पनि अब घाम लाग्ने सम्भावना छ । अबको दुई, तीन दिन लगातार झरी नपर्ने उनले बताए ।

भारतको बिहार र उत्तर प्रदेश आसपासमा रहेको न्यूनचापीय प्रणाली र पश्चिमी वायुको पानी पार्ने प्रणाली निष्क्रिय भएकाले अब दुईरतीन दिन लगातारको झरी र ठूलो वर्षा हुने सम्भावना नरहेको उनले बताए । 

आज प्रदेश-१, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रका एकरदुई ठाउँमा भने हल्का पानी पर्ने अनुमान छ । यसैबीच, पानी नपरे पनि हिजोअस्तिकै वर्षाले जमिन गलेकाले पहिरोको जोखिम भने कायमै रहेको मौसमविद्ले बताएका छन् । 

यस्तै बेमौससी वर्षाका कारण देशका विभिन्न भागमा बाढी र पहिरोले ८७ जनाको ज्यान गएको छ । २८ जना बेपत्ता छन् । १२ घाइते छन् । ३० वटा घर पूर्ण क्षति भएका छन् भने १ सय बढी चौपाया मरेका छन् । नेपाल प्रहरीका अनुसार ६ सय ६९ घर डुवानमा परेका छन् ।

५० घरमा पानी पसेको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा पहिरो र खोलाले बगाउँदा २१ जनाको ज्यान गएको छ । ३ जना बेपत्ता छन् । इलाममा पहिरोले पुरेर ११ जनाको मृत्यु भएको छ ।

खोलाको भेलले बगाएर थप एक र रूखले किचेर १ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । बाढी र पहिरोबाट ४० जिल्ला बढी प्रभावित छन् । नेपाल प्रहरी प्रवक्ता बसन्त कुँवरका अनुसार प्रदेश नम्बर १ मा ५३, बागमती प्रदेशमा १, सुदूरपश्चिममा २६ र कर्णालीमा ७ जनाले बाढी र पहिरोमा परी ज्यान गुमाएका छन् । 


 

२ बर्ष अगाडि

प्रतिक्रिया