सिद्धार्थ बैंकको ५-१०-१५ क्यासब्याक योजना, आजदेखि सुरु

बुधबार, ०७ पुस २०७८, १७ : ३७

काठमाडौं, सिद्धार्थ बैंक लिमिटेडले १९ औँ वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना ग्राहकको सुविधा तथा ग्राहकलाई डिजिटल कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यका साथ आज पुस ७ गतेदेखि क्यासब्याक योजना ल्याएको छ। 

यस योजनाअन्तर्गत ग्राहकले डेबिट कार्ड, क्रेडिट कार्ड र मोबाइल बैंकिङमार्फत कारोबार गर्दा ग्राहकले पाचौँ कारोबार रकमको ५ प्रतिशत अ(धिकतम रु. १००), दसौँ कारोबार रकमको १० प्रतिशत (अधिकतम रु. १५०) र पन्ध्रौँ कारोबार रकमको १५ प्रतिशत (अधिकतम रु. २५०) नगद क्यासब्याक पाउन सक्नेछन्। 

यस योजनाले ग्राहकलाई नगद भुक्तानी कारोबारबाट डिजिटल भुक्तानी कारोबारतर्फ आकर्षित गर्ने विश्वास बैंकले लिएको छ।

बुधबार, ०७ पुस २०७८, १७ : ३७

प्रतिक्रिया