प्रुडेन्सियल इन्स्योरेन्सको सीईओमा श्रवण रावल

मंगलबार, २० पुस २०७८, १४ : १३

काठमाडौं- प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रवण रावल नियुक्त भएका छन्।

आज बिहान बसेको कम्पनी सञ्चालक समितिको बैठकले रावललाई सीईओमा नियुक्त गरेको हो। आज पुस २० बाट लागू हुने गरी रावललाई ४ वर्षका लागि सीईओ नियुक्त गरिएको कम्पनीले जनाएको छ।

यसअघि रावललाई कम्पनीमा कामु सीईओको जिम्मेवारी दिइएको थियो। 

मंगलबार, २० पुस २०७८, १४ : १३

प्रतिक्रिया