पर्यटन विकासमा भिलेज हाइल्याण्डको भूमिका

शुक्रबार, ०७ माघ २०७८, १० : १५

काठमाडौं - एकैछिन भए पनि कोलाहलबाट छुटकारा लिन साथै शान्त स्वच्छ वातावरणको आवश्यकता परे तीन जिल्ला (भक्तपुर, ललितपुर र काभ्रे) को सँगम स्थल उपत्यकाकै अग्लो स्थान रानिकोटमा रहेको भिलेज हाइल्याण्ड रिसोर्टमा जान सकिन्छ । 

प्राय जासो आन्तरिक पर्यटकले भरिभराउ हुने भिलेज हाइल्याण्डलाई प्रकृतिले पनि उत्तिकै साथ दिएको छ । समुद्र सतहदेखि २ हजार मिटर अग्लो स्थानमा रहेको उक्त रिसोर्टले रानिकोटको पर्यटन प्रबन्धनमा ठूलो भूमिका खेलेको छ । रिसोर्ट पुग्ने पर्यटकहरूले त्यहाँको प्राकृतिक संस्कृतिका भौतिक सम्पदाको अवलोकन गर्न पाउने छन् । 

त्यो सँगै त्यहाँ पुगेका पर्यटकका कारण रानिकोटको प्रचार प्रसारमा पनि सहयोग पुगेको होटलका सञ्चालक रामसुन्दर बके बताउँछन् । उनले भने, ‘विषेश गरि यहाँ आन्तरिक पर्यटकहरू आउँनु हुन्छ यहाँको पर्यटकीय क्षेत्रको अवलोकन गर्नु हुन्छ ।’ उनले थपे, ‘साथै उहाँहरूको कारणले हाम्रो रानिकोटको प्रचार प्रसारमा पनि सघाउ पुगेको छ ।’ 


 
रामसुन्दर बकेले उक्त रिसोर्ट कोरोना कहर सुरु हुनुभन्दा केही अघि मात्र सञ्चालनमा ल्याएका हुन् । रिसोर्ट सञ्चालनमा ल्याएको केही महिना नबित्दै नेपालमा लकडाउन भयो । रिसोर्ट बन्द भयो, व्यवसाय बन्द भयो । कयौं व्यवसायबाट पलायन भए । तर, रामसुन्दर पछि हटेनन् । राम्रो दिनको प्रतिरक्षामा रहे । पहिलो, दोस्रो लकडाउन, स्मार्ट लकडाउन पार गर्दै आए । अहिले केही मात्रामा व्यवसाय फस्टाउन थालेको थियो । 

फेरी नेपालमा कोरोनाको तेस्रो लहर सुरु भएको छ । अहिले दैनिक दिन १० हजार माथिको हाराहारीमा कोरोना संक्रमित भेटिन थालेको छ । सरकारले कोरोना नियन्त्रणका लागि विस्तारै विभिन्न क्षेत्रहरू साथै भिडभाड हुने स्थानहरू बन्द गर्न थालेको छ । साथै उपत्यकामा सवारी साधनमा पनि जोर बिजोर प्रणाली लागू गरेको छ । तर, राम्रो दिनको प्रतीक्षामा छन् रामसुन्दर । 

प्रकृतिको साथ 
भिलेज हाइल्याण्डलाई प्रकृतिले राम्रै साथ दिएको छ । उक्त होटलको झ्याल ढोकाबाट नै ८ हजार मिटर अग्लो हिमाल देख्न सकिन्छ । काठमाडौंबाट देखिने सबै हिमाल नियाल्न सकिन्छ । ८ हजार मिटर अग्लो सिसापाङ हिमाल, ७ हजार मिटर अग्लो गौरीसङ्कर हिमाल, गणेश हिमाल, लाङटाङ हिमाल, दोर्जे लाक्पा हिमालहरू नियाल्न सकिन्छ । 

रिसोर्टबाट भक्तपुर जिल्लाको सबै क्षेत्र साथै विभिन्न ठाउँलाई नजिकबाट नियाल्न सकिन्छ । होटलबाट प्रत्यक्ष रुपमा ४० प्रजातिको चाराहरुको अवलोकन गर्न सकिन्छ । साथै नेपालमा मात्र पाइने एक मात्र चरा काडे भ्याकुलको पनि आवलोनक गर्न सकिन्छ । रामसुन्दरका अनुसार उक्त क्षेत्रमा ४०० देखि ६०० प्रजातिका चाराहरु पाइन्छ । 

उनले भने, ‘यस रानिकोटदेखि फुलचोकी क्षेत्रभित्र ४०० देखि ६०० प्रजातीका चाराहरु पाइन्छ । होटलमा भने ४० प्रजातिको चारा पाइने वि सि एन अध्यनले देखाएको छ ।’ उनले थपे ‘यहाँ आउनु हुने पर्यटकहरू चराहरुको सुमधुर आवाजमा रमाउने गर्नुहुन्छ ।’ सथौ उक्त क्षेत्रलाई चाराको संरक्षण क्षेत्र घोषणा गरिएको पनि उनेले बताए । 

धार्मिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण
उक्त स्थानलाई धार्मिक तथा सांस्कृतिक सम्पदाले पनि राम्रै साथ दिएको छ । इतिहासको कुनै समयमा रानीकोटमा दरबार रहेको भनाइ रहेपनि पुष्टि हुन भने  सकेको छैन । यहाँ बूढापाकाको भनाइ अनुसार रानीकोट राजा–महाराजाहरूको आराम गर्ने स्थान रहेको थियो । रानीकोटमा हाल कुनै भवन नभए पनि पुराना इँटाका अवशेष देख्न सकिन्छ । 

उपत्यका चार विनायकमध्ये एक सूर्यविनायक मन्दिर हुँदै रानीकोट पुगिन्छ । रानीकोट जाँदा डोलेश्वर महादेव मन्दिर पनि भेट्न सकिन्छ । हिन्दु धर्मावलम्बीहरुका चार धाममध्ये एक केदारनाथको शीर रहेको मन्दिर हो । यसलाई स्थानीयबासीले सिपारु महादेवसमेत भन्ने गर्छन् । यस्तै रानीकोटमा बाघभैरव मूर्ति पनि छ । जुन ढुंगाले बनेको बाघको आकारमा छ । यसकारण यसलाई बाघभैरव भन्ने गरिन्छ । 

बाघभैरवमा वैशाख पूर्णिमा र मंसिर पूर्णिमामा मेला लाग्ने गर्छ । रामसुन्दर रानीकोट प्राकृतिकरुपले सुन्दर ऐतिहासिक र धार्मिक महत्वको थलो भए पनि यसको पूर्वाधार विकासमा सरकारले ध्यान नदिएको गुनासो पोख्छन् । 

परम्परागतको भौगोलिक उपहार 
उक्त क्षेत्रलाई विषेश गरी परमपरागत मान्यताको आधारमा भक्तपुरका राजाहरुले तराई सँग व्यापार गर्ने नाकाको रुपमा पनि चिन्न सकिन्छ । साथै त्याका बासिन्दाहरु उक्त क्षेत्रलाई रानिको लागि राजो दिएको उपहारको रुपमा मान्यता राख्ने गर्दछन् । 

भौगोलिक रुपमा धेरै सुन्दर भएको कारण अहिले सम्म आएका सबै पर्यटकहरू खुसि नै हुने गरेको रामसुन्दर बताउँछन् । उनले भने, ‘यो ठाउँ प्रकृतिले सुन्दर मात्र नभई भौगोलिक हिसाबले पनि राम्रो छ, र अहिले सम्म होटलमा आएका मानिसहरुले आहा १ नै भएर फर्किनुभएका छन् । सबैले धेरै राम्रो छ भन्नुहुन्छ ।’

रिसोर्ट सञ्चालन पछिको परिर्वतन
भिलेज हाइल्याण्ड रिसोर्ट सञ्चालन पनि त्यहाँ पर्यटकीय हिसाबले मात्र नभई आर्थिक रुपले पनि परिर्वन भएको छ । पर्यकहरुको चहलपहल त बढेको नै छ । यो सँगै उक्त स्थानको जग्गाको भाउ पनि बढेको छ । रामसुन्दरका अनुसार पहिलो आनाको एक लाख पर्ने अहिले २० लाख सम्मम पुगेको छ । 

पुर्वधारको विकास 
रिसोर्ट सञ्चालनमा आए पछि लाकुरी भ्यन्ज्याङ जाने बाटोको ट्रयाक खोलिएको छ । बहुबर्षिय रोजना अन्तरगत बालकुमारीदेखि नयाँ ठिमी जाने बाटोका लागि ४० करोड बजेड छुकेको रामसुन्दरले बताए । रिसोर्ट जाने बाटो बिग्रीएमा होटल आफैले नै बनाउने गरेको उनले बताए । उनले भने, ‘रिसोर्ट आउने बाटो बिक्री हामी आफ्नौ लागतमा बनाउँने गरेका छौं । बनाए पनि नबनाए पनि घाटा हाम्रै हो, जति लागत लागे पनि हामि आफै नै बनाउँने गर्छौ ।’ 

घ्याप्पेडाडा देखि माथि जाने बाटो वि.सं. २०५४ सालदेखि एक घरले २६० दिनको योगदानमा निर्माण गरिएको बताए । साथै अहिले डाडा डाडामा सुख्खा पोखरी खन्ने कार्य भइरहेको पनि उनले सुनाए । ‘अहिले १९५० मिटरको अग्लो क्षेत्रको डाडा डाडामा सुख्खा पोखरी खन्ने काम गरि रहेका छौं ।’ उक्त क्षेत्रको सरसफाई तथा नालि बनाउने कार्यहरुले भएको पनि बताए । 

उक्त क्षेत्रमा सञ्चार सेवाको आभाव रहेको पनि उनले बताए । ‘यहाँ टेलीफोन र वाइफाईको सुविधा भने छैन अभाव नै छ, विषेश गरि अहिले अतिनै आवश्यक चिज हो । टेलिफोन, इन्टरनेट आब चाडै नै उक्त सेवा पनि सञ्चालनमा ल्याउन लागेका छौं । 

होम स्टेको योजना 
उक्त क्षेत्रमा होम स्टे सञ्चाल गर्ने योजना गरेको रामसुन्दर बताउँछन् । उनले भने, ‘अब यस क्षेत्रमा होम स्टेको योजान रहेको छ, जे पाक्छ त्यहि विक्छ नाराका साथ होम स्टे सञ्चालनको योजनामा छौं ।’ होम स्टे सँगै ग्रामिण रोजगारीको पनि सृजना हुने उनले सुनाए । उने भने, ‘विषेश गरि याहाँका युवाहरु रोजगारीको लागि सहर केन्द्रीत हुने भएकाले यहि होम स्टे सञ्चाल गरि यहाँका युवाहरुलाई पनि यहि क्षेत्रमा रोजगारीको सृजर्न गर्ने सोचमा रहेका छौं ।’

विषेश गरि त्यहि क्षेत्रको खेति बारिमा आर्जन गरिएको साग सब्जी, फलफूल अर्गानीक अथवा लोकल परिकारलाई मान्यता दिनको लागि पनि उक्त योना अपनाइएको उनको भनाइ छ । यसले यहाँको आर्थिक उन्नतिमा पनि थप टेवा पु¥याउने उनको विश्वास छ । 

रिसोर्ट सञ्चालनको उदेश्य 
विषेश गरि मानिसहरुको आर्थिक आर्जनको लागि व्यवसाय तथा होटल रिसोर्ज खोल्ने गदर्छन् । तर, रामसुन्दरको रिसोर्ट खोल्नुको उदेश्य अलिक पृथक रहेको छ । उनको रिसोर्ट सञ्चालन गर्नुको उदेश्य आर्थिक आर्जन संगसंगै अन्तरिक पर्यटन प्रबन्धन साथै ग्रामिण पर्यटन विकाश र रानिकोट पर्यटन प्रबन्धन रहेको छ । रिसोर्टमा आउने पर्यटकहरू मार्फत आर्थिक उपलब्धि सँगै त्यस क्षेत्रको पर्यटन प्रबन्धनमा पनि ठूलो सहयोग पुग्ने उनको विश्वास रहेको छ ।

१२ वर्षमा एक पटक लाग्ने मकरमेला
उक्त क्षेत्रमा १२ वर्षमा एक पटक मकर मेला लाग्ने गर्छ । मेला एक महिना लाग्ने गर्छ । रूद्रावती, पुण्यमाता र रोसी खोलाको दोभानमा स्नान गरेमा पाप कट्ने जनविश्वास रहेको छ । मकर सङ्क्रान्तिका दिन सूर्य मकर राशिमा प्रवेश भएपछि १२ वर्ष मा यो मेला सुरु हुन्छ । त्रिवेणी घाट मा स्नान गरेर बासुकी नाग देवताको पूजा गरी गोरखनाथ मन्दिरसम्म पुग्ने गर्दछन् । इन्द्र देवताले १२ वर्ष सम्मको तपस्या र आराधना गरी पापबाट मुक्ति पाएको जनविश्वास रहेको छ ।

उक्त मेला भव्यताका साथ मानाउने सोच रहे पनि कोरोनाको संक्रमण ह्वत्तै बढेको कारण सोचे जस्तो हुन नसकेको रामसुन्दरले बताए । उक्त मेलालाई नै लक्षित गरी साइकलीङ गर्ने योजना रहेको तर, कोरानाकै कारण उक्त कार्यक्रम पनि हुन नसकेको उनले बताए ।

भावी योजना 
आगामि दिनमा रानिकोटको पर्यटन प्रबन्धन सँगै होटलमा पर्यटक आकर्षित गर्न जिप सफारी सञ्चालको तयारीमा रहेको उनले बताए । उनले भने, ‘अब आगामि दिनमा जिप सफारी सञ्चालन गर्ने तयारीमा रहेका छौं, विषेश गरि भिलेज टुरका लागि रानिकोटदेखि लाकुरी भन्ज्याङ हुदै फेरी रानिकोट सम्मका लागि ४० देखि ४५ किलोमिटर सम्म जङगलै जङगल यात्रा गर्नका लागि सञ्चालको तयारी गरेका हौं ।’

 


 
 

शुक्रबार, ०७ माघ २०७८, १० : १५

प्रतिक्रिया