भारत–पाकिस्तान युद्धविराम ‘समाप्त’

आइतबार, ०४ जेठ २०८२, १२ : ५७

काठमाडौं- भारत–पाकिस्तानबीच युद्धविराम समाप्त भएको बताइएको छ । भारतीय मिडियाले आइतबार युद्धविराम समाप्त भएको उल्लेख गरेका छन् ।

भारतीय सेना पनि भारत–पाकिस्तान युद्धविराम आइतबार समाप्त भएको जनाएको छ । भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आज कुनै पनि डीजीएमओ स्तरको वार्ता तय गरिएको छैन । जहाँसम्म मे १२ मा डीजीएमओ वार्तामा निर्णय गरिएको युद्धविराम अवधिको सवाल छ, यसको कुनै म्याद समाप्त हुने मिति छैन ।’

यो समाचारलाई भारतीय मिडियाले प्राथमिकताका साथ प्रशारण गरिरहेका छन् । जम्मु कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा एक नेपालीसहित २६ जनाको मृत्यु भएको थियो । त्यसपछि भारत र पाकिस्तानबीच वैमनस्य सैन्य द्वन्द्वमा परिणत भएको थियो ।

भारतले पाकिस्तानविरुद्ध ‘अप्रेशन सिन्दुर’ चलाएपछि पाकिस्तानले पनि जवाफी कारबाही सुरु गरेको थियो । यी दुई देशबीच युद्ध चर्किदै गएपछि अमेरिकालगायतको पहलमा अचानक युद्धविराम भएको थियो ।

मे ७ मा दुई देशबीच सुरु सैन्य आक्रमण मे १० को साँझ युद्धविरामको घोषणापछि मात्र रोकिएको थियो । यद्यपि, यसपछि पनि यी दुई देशबीच एकअर्काविरुद्ध सैन्य हमला जारी राखेको आरोप–प्रत्यारोप चलेको थियो ।

आइतबार, ०४ जेठ २०८२, १२ : ५७

प्रतिक्रिया