आरटिजीएस प्रणाली भोलि पनि सुचारु रहने, समय १०-१२ सम्म

शुक्रबार, ०९ बैशाख २०७९, १६ : ४८

काठमाडौं, रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणाली भोलि (शनिबार) पनि सुचारू हुने भएको छ ।

नेपाल राष्ट्र बैंकले एक सूचना प्रकाशन गर्दै आरटीजीएस प्रणाली शनिबार पनि सूचारू हुने जानकारी दिएको हो । 

राष्ट्र बैंकका अनुसार आरटिजीएस प्रणाली भोलि बिहान १० बजेदेखि मध्याह्न १२ बजेसम्म खुला रहनेछ । विकास ऋणपत्र २०८६ को ब्याज भुक्तानी प्रयोजनका लागि आरटिजीएस प्रणाली सूचारू गरिने भएको राष्ट्र बैंकको सूचनामा उल्लेख छ ।

शुक्रबार, ०९ बैशाख २०७९, १६ : ४८

प्रतिक्रिया