ताप्लेजुङको मेरिङदेन ४ मा भारी मतसहित कांग्रेसको प्यानल नै विजयी

१ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङको मेरिङदेन गाउँपालिका वडा नं. ४ लिङतेपमा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । उक्त वडाको वडा अध्यक्षमा बेद प्रसाद हाङ्गाम भारी मतले विजयी भएको छन् । उनले जम्मा ८२३ मत ल्याएका छन् । 

यस्तै उनका निकटम प्रतिद्धदि नेकपा एमालेका गोपाल केदेमले २०४ मत ल्याएका छन् । उनी बेद प्रसाद भन्दा ६०९ को मतान्तरले पराजय भएका हुन् । 

खुल्ला सदस्यमा नेपाली कांग्रेसका मेघराज लिम्बूले ८२२ मत ल्याएका छन् भने नेकपा एमालेका आइतबिर केदेमले २०५ मत ल्याएका छन् । साथै अर्को खुल्ल सदस्यमा नेपाली कांग्रेसका विष्णु लिम्बूले ७७५ मत ल्याएका छन् भने एमालेका भरत हाङ्गामले २०१ मत ल्याएका छन् । 

महिला सदस्यमा कांग्रेसकी रिना शेर्पाले ८२७ मत ल्याएकी छन् भने एमालेकी सुनिता नाल्बूले २०१ मत ल्याएकी छन् । दलित महिला सदस्यमा कांग्रेसकी कमला दमाईले ८२८ मत ल्याएकी छन् भने एमालेकी रमला भूसालले १९९ मत ल्याएकी छन् । 

यस्तै अहिले सम्म वडा नं. १, ५, ६ र ४ को मत गरण गरिएको छ । यस अवधिमा गाउँपालिका अध्यक्षमा नेपाली कांग्रसका युकहाङबिर हांगाम डम्बर ले एमालेका केदारजंग चोङवाङलाई ३९९ मतले पछि पारेका छन् । वडा नं. ४ बाहेका अन्य वडाको मतगरणमा भने हाङ्गाम पछि परेका थिए । 
 

१ बर्ष अगाडि

प्रतिक्रिया