काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले सामाजिक र राष्ट्रिय एकता बलियो बनाउन तिहार, छठलगायत महत्वपूर्ण पर्वमार्फत टेवा पुगोस् भनी कामना गरेका छन्।
दीपावली, नेपाल संवत् र छठ पर्वको उपलक्ष्यमा सामाजिक सञ्जालबाट आज शुभकामना दिदै सभापति लामिछानेले परिवार, समाज र समुदायबीचको आपसी प्रेम, सद्भाव र एकतालाई थप सुदृढ बनाउन यी पर्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । उनले विविधताबीचको हाम्रो राष्ट्रिय एकतालाई अझ बलियो बनाउन सकोस् भनी कामना पनि गरेका छन् ।
“उज्यालो, उमङ्ग र उत्साहको पर्व तिहार तथा आस्था, श्रद्धा र समर्पणको पर्व छठले हामी सबैको जीवनमा सुख, शान्ति, समृद्धि र नयाँ आशाको सञ्चार गरोस् ।”, सभापति लामिछानेको सन्देशमा उल्लेख छ ।
यसै सन्दर्भमा, रास्वपा सभापति लामिछानेले राष्ट्रिय एकताको सन्देशसहित यस वर्षको ‘छठ’ पर्व मनाउन आफूहरु जनकपुरधामको गङ्गा सागरमा उपस्थित हुने जानकारी पनि दिए ।
प्रतिक्रिया