फुङलिङ नगरपालिका ३ मा  एमालेको प्यानलै विजयी

१ बर्ष अगाडि

ताप्लेजुङ - फुङलिङ नगरपालिका वडा नं। ३ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ ।

उक्त वडाको वडा अध्यक्षमा एमालेका उम्मेदवार टंक बहादुर पालुङ्वा विजयी भएका हुन् । पालुङ्वाले ६५७ मत ल्याएका छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका युवराज बरालले ४५१ मत ल्याएका छन् ।

त्यस्तै खुल्ला सदस्यमा एमालेको तर्फबाट उम्मेदवार बनेका शैलेन्द्र कुमार भुजेलले ५५६ र भिम कुमार पुरीले ५४४ मत ल्याएका छन् ।

महिला सदस्यमा मिना आचार्यले ६२८ र दलित महिला सदस्यमा तारा विश्वकर्माले २९७ मत प्राप्त गर्दै विजयी भएका हुन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया