ताप्लेजुङको मिक्वाखोला ४ मा कांग्रेसको प्यानल नै विजयी

१ बर्ष अगाडि

ताप्लेजुङ - ताप्लेजुङको  मिक्वाखोला गाउँपालिका वडा नं. ४ थलङमा गठबन्धनको प्यानल नै विजयी भएको छ । उक्त वडाको वडा अध्यक्षमा गठबन्धन तर्फ नेपाली कांग्रेसका सदन कुमार साँवाले ५६३ मत ल्याइ विजयी भएका छन् । 

उनका निकटम् प्रतिस्पर्धि नेकपा एमालेका भिम बहादुर लिम्बूले ५११ मात ल्याएका छन् । जसपाका गोपाल लिम्बुले १८ मत प्राप्त गरेका छन् भने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका धोज नारायण लिम्बूले १८ मत प्राप्त गरेका छन् ।

यस्तै खुल्ला सदस्यहरुमा नेपाली कांग्रेसकै फुपु तेन्जी शेर्पाले ४९६ मत ल्याएका छन् भने सुर्य प्रसाद साँवा लिम्बूले ५३१ मत ल्याएका छन् । 

साथै महिला वडा सदस्यमा मनकुमारी भुजेल साँवाले ५३९ मत ल्याएकी छिन् भने महिला दलित सदस्यमा सलिना बराइलीले ५४९ मत ल्याएकी छिन् । 

१ बर्ष अगाडि

प्रतिक्रिया