मैवाखोला २ मा नेकपा एसको प्यानलै विजयी

१ बर्ष अगाडि

ताप्लेजुङ - मैवाखोला गाउँपालिका वडा नं. २ मा एकिकृत समाजवादीको प्यानलै विजयी भएको छ । एकिकृत समाजवादीका नरेन्द्र लिम्बू वडा अध्यक्षमा विजयी भएका हुन् । उनले ३७१ मत ल्याएका छन् । 

यस्तै उनका प्रतिस्पर्धी नेकपा एमालेका लोकमान वनेमले ३४६ मत ल्याएका छन् । साथै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका पुर्ण बहादुर लिम्बूले १७ मत प्राप्त गरेका छन् ।

त्यस्तै खुल्ला सदस्यहरुमा दानुपु शेर्पा ३६२ मत र रविन्द्र कुमार वनेम ३६० मत प्राप्त गरेका छन् ।  महिला सदस्यमा दिलमाया शेर्पा ३७१ साथै दलित महिला सदस्यमा तुलसा बराईली ३७१ मत प्राप्त गर्दै विजयी भएका छन् ।

१ बर्ष अगाडि

प्रतिक्रिया