धरान उपमहानगरपालिका मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ विजयी

आइतबार, ०८ जेठ २०७९, १७ : २६

काठमाडौं- सुनसरीको धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ निर्वाचित भएका छन्। 

साम्पाङ निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार किशोर राईलाई फराकिलो मतान्तरले पछि पार्दै विजयी भएका हुन्। साम्पाङले २० हजार ८२१ मत पाएका छन्। राईले १६ हजार ५९ ल्याएका छन्। साम्पाङले राईभन्दा ४ हजार ७६२ मत बढी पाएका छन्। 

मेयरकी उम्मेदवार एमालेकी मञ्जु भण्डारीले १२ हजार ८२५ मत पाएकी छन्। 

सामाजिक अभियान्तका रुपमा परिचित साम्पाङले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनलाई निर्वाचन आयोगले ‘लौरो’ चिह्न दिएको थियो। 
 

आइतबार, ०८ जेठ २०७९, १७ : २६

प्रतिक्रिया