काठमाडौं - नेकपा एमालेका नेता डा. भीम रावलले पार्टीभित्र बढेको विवादबारे संस्थागत रूपमै समीक्षा गर्नुपर्ने बताएका छन् ।
नेता घनश्याम भुसालप्रतिको कारबाही प्रकरणप्रति सङ्केत गर्दै नेता रावलले उल्टो बाटो हिँड्दा पराजय भोग्नुपर्ने चेतावनी दिएका छन् । साथै उनले देश, जनता र पार्टीलाई एकताबद्ध र बलियो बनाई राष्ट्रिय स्वाधीनता,स्वाभिमान एवं संविधान, सिद्धान्त र लोकतन्त्रको रक्षा गर्नु आजको आवश्यकता भएको पनि बताएका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा सोमबार बिहान ट्वीट गर्दै रावलले भनेका छन्, ‘यसका लागि आगामी चुनाउ जित्नु पर्छ । कमजोरीको संस्थागत रूपमा गम्भीर समीक्षा गरी बाटो तय गर्नुपर्छ । यसो नगरी उल्टो बाटो हिँड्दा झन् पराजय हुनसक्छ ।’
यसअघिले पनि भुसाललाई कारवाहीका लागि अनुशासन आयोगले गरेको कारबाहीलाई आवेश र उत्तेजनाको प्रतिक्रिया भनेका थिए । ‘अप्ठ्यारो बेलामा सबै सम्हालिनुपर्छ । आवेग, उत्तेजना र आग्रहमा गरिने कुनै पनि क्रिया र प्रतिक्रियाले सही ठाउँमा पुर्याउँदैन । फेरि पनि बादे बादे जायते तत्त्व बोध !’ सचिव भट्टराईले लेखेका थिए ।
मुद्रा | एकाइ | खरिद | बिक्री |
---|---|---|---|
INR (INDIAN RUPEE) | १०० | १६०.०० | १६०.१५ |
USD (U.S. DOLLAR) | १ | १२६.१८ | १२६.७८ |
EUR (EUROPEAN EURO) | १ | १३१.९० | १३२.५२ |
GBP (UK POUND STERLING) | १ | १५२.१० | १५२.८३ |
CHF (SWISS FRANC) | १ | १३१.३६ | १३१.९८ |
AUD (AUSTRALIAN DOLLAR) | १ | ८५.७६ | ८६.१७ |
CAD (CANADIAN DOLLAR) | १ | ९७.६८ | ९८.१४ |
SGD (SINGAPORE DOLLAR) | १ | ९०.४७ | ९०.९० |
JPY (JAPANESE YEN) | १० | ९.३२ | ९.३७ |
CNY (CHINESE YUAN) | १ | १८.८३ | १८.९२ |
SAR (SAUDI ARABIAN RIYAL) | १ | ३३.६३ | ३३.७९ |
QAR (QATARI RIYAL) | १ | ३४.४६ | ३४.६२ |
THB (THAI BAHT) | १ | ३.५४ | ३.५६ |
AED (UAE DIRHAM) | १ | ३४.३५ | ३४.५२ |
MYR (MALAYSIAN RINGGIT) | १ | २८.६३ | २८.७७ |
KRW (SOUTH KOREAN WON) | १०० | ९.७३ | ९.७८ |
SEK (SWEDISH KRONER) | १ | १२.२५ | १२.३१ |
DKK (DANISH KRONER) | १ | १७.७३ | १७.८२ |
HKD (HONG KONG DOLLAR) | १ | १६.०८ | १६.१६ |
KWD (KUWAITY DINAR) | १ | ४११.११ | ४१३.०७ |
BHD (BAHRAIN DINAR) | १ | ३३४.६८ | ३३६.२७ |
कमेन्ट गर्नुहोस्
तपाईंको ईमेल गोप्य राखिनेछ ।