वामदेव गौतमले गरे नयाँ पार्टी घोषणा

१ बर्ष अगाडि

एमालेका पूर्वनेता वामदेव गौतमले नयाँ पार्टी घोषणा गरेका छन् । रिपोर्टस क्लबमा पत्रकार सम्मेलनमार्फत उनले पार्टीको नाम औपचारिक रूपमा सार्वजनिक गरेका छन् ।

गौतमले पार्टीको नाम ‘नेकपा एकता राष्ट्रिय अभियान’ राखेका छन् । 

गौतम संयोजक रहेको नेकपा एकता राष्ट्रिय अभियानको हाललाई ६८ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ ।

गौतमले नेकपा विभाजनपछि चलाएको एकता अभियान एमाले ब्युँतिएपछि पनि कायम राखेका थिए । उनले निर्वाचनलाई लक्षित गरेर दल बनाएका हुन् ।

पछिल्लो स्थानीय तह निर्वाचनमा नेकपा एकीकृत समाजवादीको पक्षमा गीत लेखेर खुलेका गौतमले हालै राष्ट्रिय भेला आयोजना गरेका थिए । चन्द्रागिरी रिसोर्टमा असार १२ गते बसेको अभियानको बैठकले दल दर्तामा जाने निर्णय गरेको थियो ।

१ बर्ष अगाडि

प्रतिक्रिया