काठमाडौं– करिब दुई साता देखि सिमरा बस्दै आएका पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन् । पूर्व राजाले सोमबार बेलुकासम्म २ सय ५० जना भन्दाबढीसंग भेट गरेको आजको नेपाल समाचारपत्र दैनिकमा खबर छापिएको छ ।
नितान्त व्यक्तिगत भ्रमण भन्दै मध्य तराई र पूर्वी तराइको भ्रमणमा निस्किएका ज्ञानेन्द्रले तराईका राजावादी लगायत विभिन्न व्यक्तिसँग भेट गरेका छन् ।
भेटमा सबैले पूर्वराजालाई सक्रिय हुन आह्रह गरेका थिए । सिमरा स्थित प्रभु शमसेरको निवासमा बस्दै आएका ज्ञानेन्द्रले सोमबार सिमरा स्थित राममन्दीरमा पुजा अर्चना गरेका छन् ।
केही दिन सिमरा बसाइपछि उनी सपरिवार झापा जाने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया