प्रदेशसभाको एक वर्ष : २३ कानून निर्माण

मंगलबार, २२ माघ २०७५, १० : १८

धरान – प्रदेश नं १ को प्रदेशसभाको एक वर्षको अवधिमा २३ विधेयक पारित भएका छन् । सात विधेयक पाइलाइनमा रहेको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिनुभयो । 

प्रदेशसभाको २२३ दिनको अवधिमा जम्मा ७४ दिनमा ९७ पटक बैठक बसेको प्रदेश सचिवलायले जनाएको छ । समयको हिसाबले जम्मा ८८ घण्टा ३३ मिनेट संसद् बैठक बसेको थियो । सङ्घबाट लोकसेवा, प्रहरी, शिक्षालगायतका ऐन बेलामा नबन्दा कानून बाझिने भएकाले थप कानून निर्माणमा अवरोध भएको सभामुख भण्डारीले बताउनुभयो । प्रदेश १ बाट सबैभन्दा बढी कानून पारित भएको उहाँका भनाइ थियो । हालसम्मका ९७ बैठक तथा २३ कानून पारित गर्दा कुनै विवाद नभएको र बैठकसमेत एकै दिन पनि अवरोध नभएको सचिवालयले जनाएको छ । 

प्रदेश नं १ मा जम्मा ९३ प्रदेशसभा सदस्य रहनुभएको छ । जसमध्ये नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ६७, ९पूर्वएमाले ५१, पूर्वमाओवादी केन्द्र १६० नेपाली काङ्ग्रेस २१, सङ्घीय समाजवादी फोरम नेपाल तीन, राप्रपा र सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक÷एक रहनुभएको छ ।

मंगलबार, २२ माघ २०७५, १० : १८

प्रतिक्रिया