माओवादी केन्द्रीय समिति बैठक आजदेखि  हुदैँ, पदाधिकारी चयनबारे छलफल

१ बर्ष अगाडि

नेकपा (माओवादी केन्द्र) केन्द्रीय समितिको बैठक आजदेखि सुरु हुँदैछ ।

प्रज्ञा भवन, कमलादीमा बिहान ११ बजेदेखि सुरु हुने बैठकले स्थानीय तहको निर्वाचनको समीक्षादेखि संघीय निर्वाचनको तयारीलगायतका विषयमा छलफल गर्नेछ ।

गत पुसमा महाधिवेशन सम्पन्न गरे पनि पदाधिकारी टुंग्याउन नसकेको माओवादीले आजदेखि सुरु हुने केन्द्रीय समिति बैठकमा सो विषय पनि एजेन्डाको रुपमा प्रस्तुत हुने स्रोतले जनाएको छ । 

१ बर्ष अगाडि

प्रतिक्रिया