प्रसूतिगृहकी चिकित्सक बबिता साहकी छोरी अपहरण गर्ने पक्राउ

मंगलबार, २२ माघ २०७५, १३ : ०६

काठमाडौँ – प्रसूतिगृहकी चिकित्सक बबिता साहकी छोरी सन्विज्ञाको साहलाई अपहरण गर्ने मनीष गुप्तालाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले गुप्तालाई सोमबार महोत्तरीको भिटामोडबाट पक्राउ गरेको हो । पक्राउ परेका साहलाई काठमाडौं ल्याउँदै गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । 

पक्राउ परेका साहबारे दिउसो २ बजे पत्रकार सम्मेलन गरी सार्र्वजनिक गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होमेन्द्र बोगटीले जानकारी दिए । 

साहले बालिकालाई गत माघ ११ गते बिहान कोटेश्वरको खरिबोट महादेवस्थानबाट अपहरण गरेका थिए । प्रहरीले अपहरणमा संलग्न आरती गुप्ता र बबलु श्रेष्ठलाई यसअघि नै  जनकपुरबाट पक्राउ गरेको थियो ।

मंगलबार, २२ माघ २०७५, १३ : ०६

प्रतिक्रिया